• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

पोखरा । पोखराबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छिन् । लागुऔषध नियन्त्रण ब्यूरो पोखरा र कास्की प्रहरीको टोलीले छोरेपाटनबाट ती महिलालाई पक्राउ गरेको हो ।

सिद्धार्थ राजमार्ग चेकजाँच गर्ने क्रममा रुपा गाउँपालिका ६ रुपाकोटकी २६ वर्षीय वर्षा गुरुङलाई पक्राउ गरिएको हो ।

उनको साथबाट डाईजापाम ४ एम्पुल, फेनेरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनलाई १२ दिन म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

Adblock test (Why?)